सेलिब्रिटीका पियर्सिङ र ट्याटु

नाइटो छेड्ने ति हिमानी, ट्याटु खोप्ने यी हिरोइन्

शनिबार, वैशाख ८, २०८१

काठमाडौं– फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले १४ वर्षअघि पूर्वयुवराज्ञी हिमानी शाहको ऐतिहासिक तस्बिर कैद गर्यो।

दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अबरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए। मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो। तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको पनि कैद भयो ।

सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा हुँदाहुँदै पनि कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चा परिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह रिसाएका थिए। त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो। यस विषयमा उनले कुनै प्रतिक्रिया जनाइन्। 

खासगरी राजपरिवारमा विवादीत विषयमा मिडियामा बोल्ने चलन नरहेका कारणले पनि हिमानीको प्रतिक्रिया नआएको हो ।

१४ वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन्। जबकी, सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो। बरु समाज सेवामा उनको सक्रियताको चर्चा भयो। पछिल्लो पटक भन अभिनेत्री मनिषा कोइरालासँगको एउटा अन्तरवार्ताका कारण हिमानीको चर्चा भयो। उनको शालिन प्रस्तुतीको गुणगान गाइयो। 

नाइटोको पिर्यसिङ साधारण भइसकेको छ। नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पिर्यसिङलाई साधारण रूपमा लिन थालिएको छ। 

तर नेपाली हिरोइनहरूमा बढेको वक्षमा ट्याटु खोपाएर भाइरल बनाउने विषयको भने चर्चा हुन थालेको छ। कतिपयले त ढाडमा, तिघ्रामा, हातमा पनि ट्याटु खोपाएका छन्।

अभिनेत्री करिश्मा मानन्धरले बक्षमा ट्याटु खोपाएकी छन्। प्रायः क्लिभेज देखिने हुँदा उनको ट्याटु प्रष्ट देखिन्छ। विभिन्न पार्टी र कार्यक्रमतिर पुग्दा उनी हल्का ट्याटु देखिने पहिरन लगाएर पुग्छिन्। लालीगुराँसको चित्र उनको वक्षमा खोपिएको छ।

tatoo-1713587762.jpg

आधुनिक पुस्ताकी चलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले वक्षको तल्लो भागमा खोपाएको ट्याटुको कम चर्चा भएन। ट्याटु बनाउनेले नै उक्त तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो। साम्राज्ञीले यस विषयमा प्रष्टीकरण समेत दिएकी थिइन्।

अभिनेत्री सुष्मा कार्कीले पनि छातीमा ट्याटु खोपाएकी छन्। सुष्माले शान्तिको पिस, स्टार र गुलाबको फूललाई ट्याटुमा अंकित गरेकी छन्। पुरूषहरूको पहिलो नजर केटीहरूको छातीमा जाने भएकाले आफूले छातीमै ट्याटु बनाएको उनले बताउँदै आइरहेकी छन्। उनी छातीमा खोपिएको ट्याटु घरि–घरि देखाइरहन अप्ठेरो मान्दिनन्।

अझ उनले नाइटोमा पियर्सिङ गरेको एउटा भिडिओले पनि राम्रो चर्चा पाएको थियो। उनी आफैंले उक्त भिडिओ पछिल्लो पटक सार्वजनिक गरेकी थिइन्।

अभिनेत्री शुभेच्छा थापाले पनि छातीमा नेपालको झण्डाको ट्याटु खोपेकी छन्। उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छन्। आफूलाई सेक्सी देखाउनका लागि उनले ट्याटु खोपाएको बताइन्छ।

अभिनेता भुवन केसीसँग बिहे गरेको दाबी गरेकी अभिनेत्री जिया केसीले पनि स्तनमा ट्याटु खोपाएकी छन्। फोटोसुटका क्रममा उनले ट्याटुलाई खुलेर एक्सपोज गर्ने गरेकी छन्।

गायिका पछिल्लो समय बोल्ड अन्तरवार्ता र फोटोसुटका कारण लोकदोहोरी गायिका लक्ष्मी आचार्य चर्चामा छिन्। उनले पनि वक्षमा ‘ऊँ’को ट्याटु खोपाएकी छन्। आफूलाई सेक्सी देखाउन र अरूको ध्यान खिँच्न यस्तो ट्याटु बनाएको बताउने उनी गायनभन्दा पनि हट फोटोसुट र युट्युब इन्टरभ्युका कारण चर्चामा छिन्।

वक्षबाहेक ठाउँमा ट्याटु खोप्ने र पिर्यसिङ गर्नमा धेरै अभिनेत्री अगाडी छन्। प्रियंका कार्कीले ढाडमा ट्याटु खोपाएकी छन्। उनको ट्याटु हरेक पहिरनमा प्रष्ट देखिन्छ। प्रायः उनी ढाड खुलेको पहिरन लगाउँछिन्।

पिर्यसिङ र ट्याटु किन खोपिन्छ ?
गोप्य अंगमा ट्याटु खोप्ने र पिर्यसिङ गर्न रूचाउनेहरूले आफूलाई ‘सेक्सी र बोल्ड’ देखाउने प्रयास हो। मनोविज्ञ करूणा कुँवरका अनुसार कतिपयले स्तनमा ट्याटु खोप्छन् र आधा ट्याटु देखिने गरी ‘ओपन ड्रेस’ लगाउँछन्। 

गोप्य भागमा ट्याटु खोपेर देखाउन खोज्नेहरूको मानसिकता यौनिकतासँग लुकेको हुन्छ।

‘मेरो यौनिकता यसरी देखाउने?’ भन्ने भावना उसमा हुन सक्छ। कतिपयले सुन्दर फूलको ट्याटु वक्षमा खोपेर आफ्नो यौनिकता चित्रित गर्न खोजिरहेका हुन्छन्’, उनी भन्छिन्। यसको सकारात्मक परिभाषा– मान्छेको ध्यान आफूतिर खिच्ने कलात्मक प्रयोग हो।

ट्याटु एउटा लत पनि रहेको उनी बताउँछिन्। ‘सियोले घोपिरहँदाको आवाजले उनीहरूलाई आनन्द महसुस गराउँदो रहेछ। खोपाइको एडिक्सन, आवाजको एडिक्सनमा परेपछि उनीहरू पटकपटक खोपाउने रहेछन्’, कँुवरले भनेकी थिइन्,‘अध्ययनका क्रममा मैले बुझेको यहि हो।’

susma-1713587796.png

‘मैले दुई जना विदेशी केटी भेटेकी थिएँ। उनीहरू दुवैले एउटै सिम्बोल भएको ट्याटु शरीरको एकै भागमा खोपाएको पाएँ। उनीहरू बेस्ट फ्रेन्ड रहेछन्। घुम्न जाँदाको सुन्दर क्षण बिर्सन दिनुहुँदैन भनेर त्यसरी खोपाएका रहेछन् ताकि ट्याटु देख्नासाथ मित्रताको सम्झना होस्’, उनले आफ्नो अध्ययनको निचोडहरू सुनाइन् ।

विशेषगरी महिलाहरूले शरीरको गोप्य भागमा ट्याटु खोपाउने गर्छन्। आफूलाई ‘आइ एम भेरी सेक्सी’, ‘आइ एम नाइस एन्ड ब्युटीफुल’ भनेर चित्रण गर्न खोजिरहेको पनि हुनसक्छ।

ट्याटु र पियर्सिङ आजको पुस्ताको फेसन पनि बनेको छ। आम साधारणको ठूलो जमातले यसलाई स्वीकार गरिसकेको छ। यद्यपि यी सबैका प्रेरणा र आधारका स्रोत भनेका भीआइपी र सेलिब्रीटि नै हुन्। यसैले ‘नाइटो छेड्ने हिमानी र ट्याटु खोप्ने ‘हिरोनी’को प्रभाव जताततै बढ्न थालेको छ।

अद्यावधिकसहित अर्काइभबाट
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्