होटलबाट के–के चोर्छिन् ‘पुष्पा’ स्टार हिरोइन रश्मिका

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– सर्वाधिक चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’की अभिनेत्री रश्मिका मन्दनाका अनौठो बानीका बारेमा खुलासा भएको छ। 
उनले ट्वीटरमार्फत आफ्नो चोर्ने बानीको खुलासा फ्यानसँग गरेकी हुन्। 

उनले अहिलेसम्म होटलबाट विभिन्न कुरा चोरिसकेको बताएकी छिन्। जसकारण उनलाई लज्जास्पद बोध हुने गरेको पनि उनले बताएकी छिन्।

उनले ट्विटरमा फ्यानसंग कुरा गर्दै यदि आफूलाई होटलको स्याम्पू मन पर्यो भने चोरिहाल्ने गरेको बताएकी हुन् ।

रश्मिकाले एक पटक आफुलाई होटलमा भएको सिरानीको खोल मन परेको र त्यो पनि चोरेको कुरा बताएकी छिन्।

रश्मिकालाई तनाव भएको बेला के गर्नु हुन्छ? भन्ने प्रश्न सोध्दा उनले आफू अत्यधिक आइसक्रीम खाने र वर्कआउट गर्ने बताएकी छिन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्