साम्राज्ञीको काँचो बुद्धि, भन्छिन्– को हो उदितनारायण झा?

बुधबार, वैशाख ५, २०८१

काठमाडौं– पछिल्लो समय अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यौनिक आशयको हिंसा गरेको आरोप लगाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले काँचो बुद्धि देखाएकी छन्। 

यी अभिनेत्रीले नेपाली फिल्म क्षेत्रमा योगदान गरेका गायक उदितनारायण झाका बारेमा सामान्य ज्ञान समेत नराखेको पाइएको छ। यहि कारण अहिले उनको एउटा अन्तरवार्ताको क्लिप ट्रोल भइरहेको छ। 

प्रश्नकर्ता भन्छन्– उदितनारायण झा चिन्नुहुन्छ? साम्राज्ञी अवाक हुन्छिन् र भन्छिन् को हो त्यो? सँगै रहेकी अर्की अभिनेत्री उपसना सिंह ठकुरी मज्जाले हाास्छिन् र साम्राज्ञीको सामान्य ज्ञान समेत नरहेको विषयमा संकेत गर्छिन्। तर, साम्राज्ञी रोकिन्न् अझ उपसनालाई भन्छिन्,‘कुनचाहिँमा छ त्यो उदित भन्ने?’

स्मरण होस् नेपाली फिल्म उद्योगमा सयौं सुपरहिट गीत गाएका उदितनारायण झा नेपाली नागरिक हुन्। तर, उनले बलिउडमा पनि तहल्का मच्चाएका छन्। 

त्यहाँमाथि साम्राज्ञीले सामान्य ज्ञान नै नराख्नु अझ आश्चर्यजनक छ। किनकी उनकी आमा नेहा राज्यलक्ष्मी शाह आफैं पनि गायिका हुन्। अझ, उनी उदितनारायण झाकी फ्यान पनि हुन्। 
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्