Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेमाथि छानबिन समिति बन्दैनः प्रधानमन्त्री प्रचण्ड

बिहीबार, चैत २९, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसको माग बमोजिमको छानबिन समिति नबने बताएका छन्। 

विहीबार बिराटनगरमा पत्रकारसँग उनले भने,‘राजनीतिक पूर्वाग्रहका रुपमा कांग्रेसले राखेको माग पूरा हुँदैन, छानबिन समिति बन्दैन।’

सहकारी प्रकरणमा अनुसन्धान गर्ने निकायले नै छानबिन आवश्यक नरहेको र संलग्नता पनि नभेटिएको भनेका कारण अहिले कांग्रेस राजनीतिक समीकरण भत्काउनका लागि यसरी लागि परेको प्रचण्डको जिकीर छ। 

प्रचण्डले भने,‘सहकारीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नै प्रमाण नरहेको बताएपछि त्यहि कुरा मैले सदनमा भनेको थिएँ, जुन निकायले नै पर्दैन भनिसक्यो भने अहिले कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा मात्र माग राखिरहेको पाइन्छ।’

अहिलेको सत्ता गठबन्धन भत्काउनका लागि विभिन्न खेल भइरहेको बताएका प्रचण्डले यसलाई अझ बलियो बनाउने पनि दाबी गरेका छन्।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्