कोशी प्रदेश सरकारबाट माओवादी निस्कियो, समर्थन फिर्ता लिने निर्णय 

सोमबार, चैत २६, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट निस्किएको छ। कांग्रेसका केदार कार्की मुख्यमन्त्री रहेको प्रदेश सरकारबाट निस्कने संसदीय दलको निर्णयअनुसार मन्त्रीहरू आजै फिर्ता भएका छन् भने समर्थन फिर्ताको जानकारी प्रदेश प्रमुखलाई दिइएको छ। 

कार्कीको क्याबिनेटमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए।

नयाँ सत्ता समीकरणसँगै आलोपालो मुख्यमन्त्री रहनेगरी एमालेलगायतका दलसँग सहमति हुनासाथ माओवादी प्रदेश सरकारबाट अलग भएको हो। अब, कोशीमा नयाँ समीकरण बन्छ कि के हुन्छ? भन्ने अन्यौलता छ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्