अक्शनमा झुक्किएर खरिद गरेका शशांकले पन्जाबलाई आईपीएलमा जिताए, रोचक छ कथा

शुक्रबार, चैत २३, २०८०

काठमाडौं– क्रिकेटको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल)मा विहीबार किङ्स ११ पन्जाबको जितसँग जोडिएका खेलाडीको रोचक कथा सार्वजनिक भएको छ। 

गुजरात टाइटनसँगको खेलमा २ सय रनको टार्गेट मिट गराउँदै शशांक सिंहले म्यान अफ दी म्याचको टाइटल समेत हात पारे। तर, उनले चार छक्का, ६ चौकासहित २९ बलमा ६१ रन बनाएका थिए।

३२ बर्षिय शशांक सिंहलाई पन्जाबले झुक्किएर किनेको थियो। अक्शनमा दुई जना शशांक सिंह थिए। २० बर्षिया युवालाई किन्न खोजेको पन्जाबले झुक्किएर ३२ बर्षियलाई खरिद गरेको थियो। 

यो खरिदमा खासै रुची नभएको जस्तो देखाएको पन्जावका लागि बिहीबारको खेलमा उनै खेलाडी बरदान साबित भए। 
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्