‘राई इज किङ’ एक रात बानेश्वर प्रहरी हिरासतमा बसेर छुटे

बिहीबार, चैत २२, २०८०

काठमाडौं– लोकप्रिय गायक राजेश पायल राई अर्थात् ‘राई इज किङ’ एक रात बानेश्वर प्रहरी वृत्तको हिरासतमा बसेर छुटेका छन्। 

अनामनगरको मदन भण्डारी कलेज अगाडि राती मदिरा सेवन गरी हो–हल्ला गरेको र सुरक्षामा खटिएका प्रहरीसँग नै वादविवाद भएपछि

राईसहित अन्य तीन कलाकार र केहीलाई बुधबार राती पक्राउ गरी हिरासतमा राखिएको थियो। 

फेरि पनि यस प्रकारको काम नगर्ने सर्तमा आफन्तको जिम्मा लगाएर प्रहरीले छाडेको बताइएको छ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्