Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

बुधबार, चैत २१, २०८०

काठमाडौं - ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । 

भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ । 

ताइवानका अधिकारीहरूले यो भूकम्पलाई २५ वर्षयताकै शक्तिशाली भनेका छन्।

भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्