Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण

मंगलबार, चैत २०, २०८०

काठमाडौँ - नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई स्पष्टीकरण बुझाएको छ ।

    नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो । जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाउनुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ ।” 

    प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ ।” 

    प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते  स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्