पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आइतबार, चैत १८, २०८०

काठमाडौं  - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज एक सुचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।

वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्