सबै कम्युनिष्टसँग एकतालागि प्रयास गरिरहेको छ : विप्लव

शुक्रबार, चैत १६, २०८०

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकतालागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको जानकारी दिए ।

उनले भने, "दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्छ ।, समाजवादीमा मोर्चाभित्र पनि कम्युनिष्टहरुलाई एक पटक जनताप्रति फर्काउनुपर्छ । "

त्यस्तै उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चूनौती दिनुपर्ने बताए ।

उनले जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्