बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

बिहीबार, चैत १५, २०८०

हेटौंडा - बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विहिबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गर्नुभएको हो ।

बज्राचार्यले आजै मन्त्री पदको शपथ लिनुभएको छ । अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।

११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्