हामी बालेनका लौरो भन्नेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने, अल्पमतमा मुख्यमन्त्री

मंगलबार, चैत १३, २०८०

काठमाडौं– ‘हामी बालेनका लौरो’ भन्ने हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सभा सदस्यले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदले समर्थन नदिए मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलको सरकार अल्पमतमा पर्ने भएको छ। उनले विश्वासको मत पाउन पनि मुस्किल देखिएको छ। 

लौरो चुनाव चिन्हबाट जित निकालेका दुई जना सांसद रहेका छन्। केही समयअघि उक्त पार्टीका प्रवक्ता रोहन कार्कीले विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा सरकारलाई समर्थन कायम नराख्ने केन्द्रीय समितिको निर्णयबारे जानकारी गराएका थिए। 

सो क्रममा मौका पाए सरकारको नेतृत्वको दाबी पार्टीले गरेको थियो।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउनका लागि न्युनतम ५६ जनाको समर्थन आवश्यक पर्छ। 

प्रदेश सभामा ७ पार्टीहरूको उपस्थिति छ। सत्तारूढ गठबन्धनमा रहेका एमालेसँग, माओवादी र एकिकृत समाजवादीसँग क्रमशः २७, २१ र ७ गरि ५५ सांसद पुग्छन्। सत्तागठबन्धनबाट बाहिर रहेका राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसदहरू रहेका छन्।  
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्