इलाम-२ मा नेम्वाङलाई माओवादीको समर्थन

सोमबार, चैत १२, २०८०

काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर-२ को उपचुनावमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ ।

आज माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा प्रचण्ड एमालेका उम्मेद्वार सुहाङलाई समर्थन गर्न राजी हुनुभएको हो ।

यसबारेमा माओवादीले आधिकारिक जानकारी भने दिएको छैन । पार्टीले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिइने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्