रूसमा भएको आतंकवादी हमलाको एमालेद्वारा निन्दा

आइतबार, चैत ११, २०८०

काठमाडौ - नेकपा (एमाले) ले रूसको मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

आज बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।

शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ।

हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्