सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसले भन्यो– बेइमान प्रचण्ड

बिहीबार, फागुन २४, २०८०

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

बिहीबार संसदीय दलको बैठकले प्रचण्डले अकल्पनिय हिसाबले गठबन्धन तोडेको पनि ठहर गरेको छ। उसले यस्तो घटनालाई प्रचण्डको राजनीतिक बेइमानी भएको टिप्पणी गरेको छ। 

संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति कांग्रेस प्रतिबद्ध भए पनि माओवादीले इमान छाडेको संसदीय दलको ठहर छ। 

कांग्रेस नेता रमेश लेखकका अनुसार प्रचण्डले विश्वासघात गरेका छन्। ‘गठबन्धनको संस्कृति, मूल्यमान्यता र सम्पूर्ण सहमतिलाई पालना गरिराखेकै अवस्थामा अविश्वनीय ढंगले गठबन्धन भत्काउने काम राजनीतिक इमानदारीता होइन’, लेखकले बैठकपछि भने।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्