वरिष्ठ नेता श्रेष्ठसहित नेपाल निवास पुगे प्रचण्ड  

सोमबार, फागुन २१, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेट्न उनको निजी निवास कोटेश्वर पुगेका छन् । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड अध्यक्ष नेपालको स्वास्थ्य लाभको कामना गर्न कोटेश्वरस्थित निवासमा पुगेका हुन् ।

प्रधानमन्त्रीले भेटमा अध्यक्ष नेपालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भेटमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्