Nic Ad Nic Ad
Nic Ad Nic Ad

'नगर प्रहरीको कुटपिट'विरुद्ध फुटपाथ व्यापारीले गरे प्रदर्शन

बिहीबार, फागुन १७, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले काठमाडौँको सुन्धरामा प्रदर्शन गरेका छन् । 

राती आठ बजेपछि सुन्धरा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले प्रदर्शन गरेका हुन् । 

उनीहरुले महानगरको ज्यादती कहिलेसम्म, साङघाकि आक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

यसअघि बुधबार साँझ सुन्धरा क्षेत्रमा सडक व्यापार गर्ने बिषयमा काठमाडौ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो । महानगरले भने आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको दावी गरेको छ । 

Mahanagr_kutpit-cnnepal2-1709210009.JPG

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्