सरकार–मिटरव्याज पीडित वार्ता

सरकार र मिटरव्याज पीडितबीचको वार्ता निष्कर्षबिहिन

बुधबार, फागुन १६, २०८०

काठमाडौँ– न्याय मार्च गर्दै काठमाडौ आएका मिटरव्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षबिहिन भएको छ । 

सिंहदरबारस्थीत गृहमन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरव्याज पीडितले राखेका मागका बारेमा छलफल भएपनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए । 

अध्यक्ष कुशवाहले आफुहरुको मागलाई राज्यले गम्भीर रुपमा लिएपनि सकारात्मक भने नदेखिएको बताए । सरकारसंगको वार्ता र आन्दोलन निरन्तर हुने उनको भनाइ छ । 

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।   

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्