रुस–युक्रेन युद्ध

युक्रेनमा पश्चिमी राष्ट्रले सेना पठाए नेटोविरुद्ध युद्ध हुन्छ : क्रेमलिन

मंगलबार, फागुन १५, २०८०

मस्को– पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) बीच प्रत्यक्ष टकराव हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । 

पेस्कोभको उक्त टिप्पणी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार पेरिसमा आयोजित सम्मेलनका क्रममा दिएको अभिव्यक्तिपछि आएको हो । सो सम्मेलनमा युरोपेली नेताहरूको समूहले पश्चिमी समर्थनलाई बलियो बनाउने तरिकाहरूबारे छलफल गरेको थियो ।

म्याक्रोनले युरोपेली नेताहरू बीच कुनै आधिकारिक सहमति नभए पनि युक्रेनमा सेना पठाउने सम्भावनालाई ‘नकार्नु हुँदैन’ र रुसले चलिरहेको द्वन्द्वमा नजितोस् भन्ने सुनिश्चित गर्न पश्चिमले सबै काम गर्ने बताएका थिए ।

‘यस अवस्थामा हामीले सम्भावनाको बारेमा होइन तर अपरिहार्यता (नेटोसँगको झडपको) बारेमा कुरा गर्न आवश्यक छ ।,’ पेस्कोभले युक्रेनमा नेटो सेनाको सम्भावित तैनाथीको प्रश्नको जवाफ दिँदै भनेका छन् ।

यसै बीच थुप्रै देशहरू त्यस्ता कार्यहरूको सम्भावित खतराको मूल्याङ्कन भइरहेको उनले बताए ।


 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्