बिनानिष्कर्ष टुंगियो मिटरब्याज पीडित र सरकारबीचको वार्ता

आइतबार, फागुन १३, २०८०

काठमाडौँ– मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समिति, नेपाल र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

गृह मन्त्रालयमा आइतबार बेलुका सुरु भएको मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

वार्तामा सरकारी टोलिको नेतृत्व गृह मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितले गरेका थिए । त्यस्तै, सहकारी र मिटरब्याज पीडितहरुको तर्फको वार्ता टोलीको नेतृत्व अवधेश कुश्वाहाले गरेका थिए ।

सरकारसँग सोमबार (भोलि) पुनः छलफल गर्ने पीडितहरुको तर्फबाट सहभागी भएका वार्ता टोलीका एक सदस्यले जानकारी दिए । पीडितहरुको तर्फ ९ सदस्यीय वार्ता टोली बनेको छ ।

सहकारी र मिटरब्याज पीडितहरुले सरकारले आइतबार पनि काठमाडौँमा मार्चपास जारी राखेका छन् ।  सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका माग अघि सारेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्