Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

बुधबार, फागुन ९, २०८०

काठमाडौं- ओपनर आसिफ सेखको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियासामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्ल ३६, भिम सार्की २६ तथा कुशल भुर्तेल १८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२  रन बनाए ।

त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४  विकेट लिएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार