Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैद्यको बर्बरता : चन्दा नपाएपछि सीटीईभीटीका उपाध्यक्ष माथि दुर्व्यवहार प्रयास , घटनाको सर्वत्र भर्त्सना

बुधबार, फागुन ९, २०८०

काठमाडौँ- मागेको जति चन्दा रकम नपाएपछि मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताहरूले सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीमाथि दुर्व्यवहारको प्रयास गरेका छन् । 

वैद्य समूहका डीबी शाही, नर बहादुर कुमाल, लक्ष्मण बिक र नवराज भट्टलगायत ६ जनाको समूहले भक्तपुरस्थित सीटीईभीटीको कार्यालयमै पुगी अधिकारीमाथि कार्यकक्षमै दुर्व्यवहारको प्रयास गरेका हुन् ।

अधिकारीमाथि कालोमोसो दल्ने प्रयास गरे पनि ६ जनाको आपराधिक समूहमाथि उपाध्यक्ष अधिकारीले एक्लै प्रतिवाद गरी उनीहरूको प्रयास विफल पारेका छन् ।

दुर्व्यवहारको प्रयास असफल पार्नुभएका अधिकारीले आफूमाथि अभद्र व्यवहार गर्ने आपराधिक गिरोहमाथि कडा कारबाहीको माग गरेका छ्न् । 

उनीहरुविरुद्ध सीटीईभीटीका तर्फबाट भक्तपुर प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको बताउँदै उनले   दुर्व्यवहारको प्रयास गर्ने वैद्य समूहका कार्यकर्तालाई तत्काल कानुनी कारबाही गर्न माग गरे । 

यसैबीच, अधिकारीमाथिको भएको साङ्घातिक आक्रमण र दुर्व्यवहारको घटनाप्रति  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिटिभिटि राष्ट्रिय कमिटी, स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्च केन्द्रीय समिति लगायतका संघ सङ्गठनले घोर भर्त्सना गर्दै विरोध जनाएका छन् । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष अधिकारीमाथि उहाँकै कार्यकक्षमै पुगी गरिएको अभद्र व्यवहारको घटनाप्रति तीनवटै सङ्गठनको ध्यान गएको भन्दै  उक्त घटनालाई गम्भीर रूपमा लिई तत्काल दोषीमाथि कारबाही गर्न माग गरिएको छ । 

अनेरास्ववियुले यस्ता अनैतिक र अराजनीतिक गतिविधिको सशक्त प्रतिवाद गर्ने जनाउँदै जुनसुकै आवरणमा भएको भए पनि यस्ता आपराधिक गिरोहमाथि कडा कारबाही हुनु पर्ने माग गरेको छ ।

यसैबीच, वैद्य माओवादीका कार्यकर्ता बताउने डीबी शाही, नर बहादुर कुमाल, लक्ष्मण बिक र नवराज भट्टलगायतका समूहले अधिकारीसँग पटक पटक चन्दा मागेको अडियो हामीलाई प्राप्त भएको छ ।

अधिकारीले मागेको जति चन्दा रकम नदिएसँगै आक्रमण र दुर्व्यवहारमा उत्रिएका उनीहरूले घटनालाई राजनीतिक लेपन दिन खोजिरहेका छन् । राजनीतिक नाउँमा लुटी खाने यस्ता गिरोहलाई कुनै पनि हालतमा कडा कारबाही गरिन ढिलाइ गरिनु हुन्न ।

रकम असुल्नका लागि सोझा सिँधा कर्मचारीमाथि आक्रमण गर्ने र त्यसबाट उम्कन अनेकौँ आरोप प्रत्यारोपको खेती गर्ने यस्ता लुटेरा समूहमाथि कडा कारबाही गरिनु पर्ने आम कर्मचारीहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्