मिटरब्याज र लघुवित्त पीडित

न्याय माग्दै काठमाडौँमा मार्च पास, माग पूरा नभए घर नफर्किने 

मंगलबार, फागुन ८, २०८०

काठमाडौँ– मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोलीले मंगलबार काठमाडौँमा मार्च पास गरेको छ ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौँको रिङ्रोडमा मार्चपास गरेका हुन् । 

Justice-March-passed1-1708435315.JPG

नेपालका बिभिन्न क्षेत्रबाट पैदलै उनीहरु काठमाडौं आएका हुन् । उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका ९ बुदे माग अघि सारेका छन् ।

Justice-March-passedc-1708435316.JPG

लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना मागहरु पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौँ आएको उनीहरुको भनाइ छ ।

Justice-March-passed2-1708435315.JPG

तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौँ आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो ।आयोगले प्रतिवेदन बुझाएपनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरुको गुनासो छ । 

Justice-March-passed4-1708435315.JPG

Justice-March-passed3-1708435315.JPG

प्रतिक्रिया दिनुहोस्