मधेश प्रदेश सभा बैठक

मुख्यमन्त्री यादवलाई तेस्रोपटक विश्वासको मत

आइतबार, फागुन ६, २०८०

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।

आइतबार बसेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले तेश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । 

प्रदेशसभा बैठकमा उपस्थीत १०४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको बिपक्षमा ३५ मत परेको थियो । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्