रौतहटमा  कर्फ्यु

रौतहटमा अनिश्चितकालीन कर्फ्यु आदेश

शनिबार, फागुन ५, २०८०

रौतहट– रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ । 

इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच झडप भएको विषयमा शनिबार घिउरा भन्ने स्थानमा  पुनः झडप भएपछि जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार शनिबार (आज) साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हाे । कर्फ्यु आदेशमा कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा र्‍याली निकाल्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि, महोत्तरीको सम्सीमा झण्डा मेलामा पनि दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्