माओवादीकाे विधान अधिवेशन

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

बिहीबार, फागुन ३, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रले तत्काल आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।

चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने निर्णय भएको बताएका हुन् । 

उनले आवश्यकता अनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिने बताए । पार्टीकाे विधान अधिवेशनका क्रममा बनाइएका समूहबाट पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाव आएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्