राजनीति

चूनावदेखि चूनावसम्मको राजनीतिले देश बिगार्‍यो : अध्यक्ष ओली

बुधबार, फागुन २, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चूनावदेखि चूनावसम्मको राजनीतिले देश बिगारेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्थाबाट उन्नत समून्नत समाज स्थापना गर्न चूनावदेखि चूनावसम्मको राजनीति छाड्नुपर्ने बताएका हुन् । 

उनले नयाँ नयाँ भनिएका पार्टीहरुले गठबन्धनप्रति देखिएको वितृष्णाको फाइदा उठाएको जिकिर गरे । नयाँ भनिएका पार्टीहरुको कुनै गन्तव्य र भविष्य नै नरहेको उनले बताए ।

ओलीले मुलुकलाई सवल राष्ट्रिय शक्तिको आवश्यक रहको भन्दै एमालेलाई निर्णायक सुदृढ राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने अभियानमा रहेको धारणा राखे ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्