Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

बुधबार, फागुन २, २०८०

काठमाडौँ- बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् ।

गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्