नेभिगेशन
समाज विविध

गोरखाका चार पालिकाले दिए जनयुद्ध दिवसमा सार्वजनिक बिदा

गोरखा- गोरखाका चार गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। जनयुद्ध दिवसका अवसरमा चार पालिकाले बिदा दिने निर्णय गरेका हुन्।

अजिरकोट, गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाले बिदाको सूचना जारी गरिसकेका छन्। भीमसेनथापा गाउँपालिकाले वार्षिक कार्यपात्रोमै फागुन १ मा बिदा दिने निर्णयलाई समावेश गरेको छ। २०७९ मा भएको स्थानीय तह चुनावमा यी चारै पालिका प्रमुख नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका थिए।

संघीय सरकारले पनि जनयुद्ध दिवस मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर सो निर्णयविरूद्ध सर्वोच्चमा रिट परेपछि बदर भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध