Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक महिनाभित्रै साउदीसँग श्रम सम्झौता गर्न प्रस्ताव

आइतबार, माघ २८, २०८०

काठमाडौँ– नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रस्ताव गरेको छ ।

युएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका दुबै देशका श्रम अधिकारीहरूको ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाले एक महिनाभित्रै श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने आश्वासन दिएको छ आठ वर्षदेखि नेपाल साउदी अरेबियासँग श्रम समझदारी गर्ने प्रयासमा रहेपनि सफल भएको छैन ।  

साउदी अरेबियाले श्रमिकको हितको विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न सकेको छैन ।

आइतबारको बैठकमा नेपाली पक्षले प्रस्तावित सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’ सहित सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयहरूको सम्बोधन गर्न आग्रह गरेको छ ।

साउदी अरेबिया घरेलु श्रमिकको लागि पनि छुट्टै श्रम समझदारी गर्ने अडानमा बस्दा विगतमा श्रम समझदारी हुन सकेको थिए । साधारण श्रमिकको हकमा मात्रै श्रम समझदारी गर्न साउदी धेरै वर्षअघि तयार भएको थियो । तर, नेपाली पक्षले श्रमिकको हित सुनिश्चित हुने गरी श्रम समझदारी हुनुपर्ने अडान राखेपछि साउदी अरेबियाले सम्झौता टार्दै आएको छ । –रासस

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्