Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

आइतबार, माघ २८, २०८०

मनिला– फिलिपिन्समा एउटा सुन खानी नजिकै गएको भीषण पहिरोमा परी मर्नेको सङ्ख्या आइतबार अचानक बढेर ५४ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

आइतबार मसाराको दक्षिणी पहाडी गाउँमा भग्नावशेषमुनिबाट १९ शव फेला परेको माको नगरपालिका तथा प्रान्तीय प्रकोप अधिकारी र्यान्डी लोयले बताए । उनका अनुसार अन्य ६३ खानी मजदुर र बासिन्दा अझै बेपत्ता छन् । यसअघि मृतकको सङ्ख्या ३५ बताइएको थियो ।

मङ्गलबार राति पहिरोले सुन खानी कम्पनीका कर्मचारीका लागि बस टर्मिनल र वरपरका ५५ घर पुरिँदा अन्य ३२ जना घाइते भएका छन् । एपेक्स माइनिङ कम्पनी कन्सेसन नजिकैको ठाडो पहाडबाट चट्टान, माटो र रुखहरू सात सय मिटर तल खसेर मुसारा समुदायको आठ दशमलव नौ हेक्टर भाग दबिएको छ ।

शुक्रबार तीन वर्षकी एक बालिकालाई भग्नावेशषबाट जीवित उद्धार गरिएको थियो । यसलाई उद्धारकर्मीहरूले ‘चमत्कार’ भनेका छन् । अधिकारीहरूले बेपत्ता भएकाको सूचीमा सामेल सबै फेला नपरुन्जेल खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पहाडी क्षेत्र, भारी वर्षा र खानीबाट व्यापक वन फँडानी, अवैध वृक्षरोपण तथा फसल थन्क्याई आगो लगाउने कार्यले फिलिपिन्सको अधिकांश भागमा बारम्बार पहिरो जाने गर्दछ ।

दक्षिणी क्षेत्रका केही भागमा हप्तौँदेखि रोकिँदै पानी परिरहँदा दर्जनौँ पहिरो र बाढी आएका छन् । यसबाट हजारौँ मानिस आपत्कालीन आश्रयहरूमा जान बाध्य भएका छन् । हालैका महिनाहरूमा ठूलो भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्