करेन्ट लागेर बालिकाको मृत्यु

शनिबार, माघ २७, २०८०

डोटी– डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको शुक्रबार साँझ आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्