नेपाल–चीन मैत्रीपूर्ण फुटबल

मैत्रीपूर्ण फुटबल : नेपालसँग चीन ५–१ ले स्तब्ध

शनिबार, माघ २७, २०८०

काठमाडौँ– चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा नेपालले चिनियाँ युवा टोलीलाई पराजित गरेको छ । 

दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । 

खेलको दोस्रो मिनेटमा नै नेपालले पहिलो गोल गरेर लिएको अग्रतालाई ३९औ मिनेटमा अग्रता दोब्बर बनायो । छिरिङ लामाको क्रसमा समिर तामाङको क्लोज–रेञ्ज हेडरले युशुका गोलरक्षकलाई बिट गरेको थियो ।

त्यस्तै, ५४औ मिनेटमा नेपाली टोलीले तेस्रो गोल गर्न सफल रह्यो । बक्सको दाँयापट्टिबाट सन्जीबको क्रसमा फारपोस्टमा खालि रहेका समिरले हेदर मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता तीन गोलको बनाए ।

६३औ मिनेटमा छिरिङ नेपालका लागि चौथो गोल गर्न सफल भए । उत्सब राईको क्रसमा आयुषको हेडर प्रयासमा गोलकिपरले बल पन्च गरेपछि छिरिङले बक्सको छेउबाट सहजै बललाई पोस्टको दिशा देखाएका थिए ।   

७८औ मिनेटमा युशु टोलीले एक गोल फर्कायो । जिउमेइ वेनजियाङको लामो बलमा झा छिको प्रहार पोस्टमा लागेर फर्किएपछि झाछी पेंगकुओले सहजै गोल गरेर पाँच गोलले पछि परेको अवस्थाबाट चार गोलमा झार्दै सान्त्वना गोल गरे । 

नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । 

पुरा खेल हेर्नुहोस्

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्