शेयर बजार

शेयर बजारमा सामान्य सुधार, १६८ कम्पनीको शेयर मुल्य बढ्यो

बुधबार, माघ २४, २०८०

काठमाडाैँ - बुधबार पनि शेयर बजारमा सामान्य वृद्धि भएको छ ।

आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ९२ अंकले बढेर २,०९० को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मुल्य बढेको छ भने ६८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीकै कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको ६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशलमव २५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्