रास्वपा

सदनलाई सत्ता टिकाउने माध्यम बनाए कडा खबरदारी गछौँ : सभापति लामिछाने

सोमबार, माघ २२, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए पार्टीले कडा खबरदारी गर्ने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजिविकासम्बन्धी विधेयकहरुलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताएका हुन् । 

त्यस्तै, उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानूनहरुलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे । सरकारले जनचासोका बिधेयकहरु सदनमा ल्याउन नसके रास्वापाका सांसदहरुले निजि विधेयकहरु सदनमा लैजाने उनले बताए ।

उनले सदनलाई जनउत्तरदायि बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्