कोशी प्रदेश

जनप्रतिनिधि नागरिकको सुख, दुःखमा साथ हुनुपर्छ : मुख्यमन्त्री कार्की 

शनिबार, माघ २०, २०८०

बेलबारी– कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताएका छन् । 

विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्‍याउनुपर्ने बताएका हुन् ।

“नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ नागरिक बनाउने अभियान हो”, उनले भने । उनले प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरु गरिसकेको समेत उल्लेख गरे । आर्थिक अभावमा यस प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् ।

विराटनगमा देखिएको खानेपानीको समस्या समाधानका लागि रु पाँच अर्बको योजना सम्झौता भइसकेको र अब आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क  खानेपानी उपलव्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्