हिमानी–मनिषा संवाद सौन्दर्यताको अर्थ

शुक्रबार, माघ १९, २०८०

काठमाडौं– युवराज्ञी हिमानी शाहको अन्तरवार्ता बिरलै हुन्छ। अन्तरवार्ताका रुपमा नै उनको पहिलो हुन सक्ला, शुक्रबार प्रशारणको क्रममा रहेको अभिनेत्री मनिषा कोइरालासँगको संवाद। 

सामाजिक काममा सक्रिय रहेकी हिमानीले केही औपचारिक कार्यक्रममा लिखित बक्तव्यभन्दा अरु केही दिएकी थिइनन्। तर, उनले राजनीतिभन्दा अलग जीवन र संघर्षको बारेमा गरेको कुराकानीका केही झलक भने यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेका छन्। 

हिमानी र मनिषाको संवादको सौन्दर्यतामा अर्थपूर्ण सन्देश समेत दिन खोजिएको छ। मनिषाले शालिनता र सौन्दर्यताका विषयलाई कोट्याउँदा हिमानी भन्छिन्,‘नआत्तिने र नमात्तिने गर्छु। तपाई पनि कति संघर्ष गरेर बलिउडमा स्थापित हुनुभयो, फेरि रोगसँग जुध्नुभयो जित्नुभयो। संघर्ष गर्नुपर्छ।’

राजा ज्ञानेन्द्रको देशाटन सकिएको र राजसंस्था चाहनेको चर्चाकाबीच हिमानीसँगको यो रोचक संवादलाई धेरैले पर्खिरहेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्