नेपाल–अमेरिका सम्बन्ध

मेयर बालेन र राजदूत थम्प्सनबीच भेटघाट

बिहीबार, माघ १८, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनबीच भेटघाट भएको छ ।  

प्रमुख बालेनले आज आफ्नै कार्यकक्षमा राजदूत थम्प्सनसँग भेटघाट गरेका हुन् । भेटघाटमा आपसी विषयमा कुराकानी भएको महानगरले जनाएको छ । 

भेटका क्रममा प्रमुख शाहले भने, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि)को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरूले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन् ।’ 

राजदूत थम्प्सनले  सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए ।

थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणासमेत दिएका छन्  । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्