आहारारा पोखरा गोल्डकप

आहारारा गोल्डकप : चर्चव्वाइजलाई हराउँदै आर्मी फाइनलमा

बिहीबार, माघ १८, २०८०

पोखरा– त्रिभुवन आर्मी क्लव आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा चर्चव्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको हो । 

खेलको ६१औं मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि आर्मीले अग्रता कायम गरेको थियो । खेलको ८५औँ मिनेटमा चर्चब्वाइजका समीर तामाङ्गले गोल गरेपछि खेल बराबरीमा आयो र निर्धारित समयको खेल १–१ बराबरीमा सकियो । त्यसपछि अतिरिक्त समयमा खेलको ९९औँ मिनेटमा आर्मीका राशबहादुर मगरले गोल गर्दै आर्मीको जीतलाई सुनिश्चित बनाए । 

आर्मीले उपाधिका लागि शनिबार थ्रीस्टारको सामना गर्नेछ । प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्