नार्कका निर्देशक भट्टराईको नियुक्ति छानबिन गर्न माग

सोमबार, माघ १५, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा) का सांसद बिनिता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशकको नियुक्तिबारे तत्काल छानबिन गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य कठायतले आज समितिका सभापति डा.आरजु राणालाई नवनियुक्त नार्कका कार्यकारी निर्देशक डा.धुव्रराज भट्टराईको नियुक्ति ऐनबमोजिम नभएको जनाउँदै तत्काल छानबिन गर्न माग गरेकी हुन् ।

उनले नार्कका नवनियुक्त निर्देशक डा।भट्टराईको नियुक्ति नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुसार नभएको जनाउँदै सभापति राणालाई ध्यानाकर्षणपत्र बुझाईन् ।

“नियुक्त व्यक्तिले नार्क ऐन २०४८ मा उल्लेखित योग्यता पूरा नगरेको देखिन्छ”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिको अभिलेख मापदण्डबाट यो विचलनले स्थापित मापदण्डको वैधता र पालनाबारे प्रश्न खडा गर्छ ।”

सभापति डा राणाले ध्यानाकर्षणपत्र बुझ्दै उक्त विषयमा समितिमा छलफल गर्ने र आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार