Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी मन्त्रिपरिषद् बैठक : प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कोइराला

आइतबार, माघ १४, २०८०

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त  गर्ने निर्णय गरेको छ ।  

samridhi jewllers

बैठकले मे २९ का दिन ‘सगरमाथा दिवस’ मनाउने निर्णय गरेको पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले जानकारी दिए ।

प्रदेशस्तरीय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०८० स्वीकृत गर्नाका साथै प्रदेश योजना आयोगबाट अद्यावधिक प्रदेश पाश्र्वचित्र स्वीकृत गरी सार्वजनिक गर्ने गरेको उनले जानकारी दिए । 

यसैगरी, बैठकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका र मेक्सिकोको सिताकुयरो नगरबिच भगिनी सम्बन्ध कायम गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री उप्रेतीले जानकारी दिए  ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्