घोचपेच

अध्यक्ष लिङ्देन र अभिनेत्री तथा नेत्री थापाबीच घोचपेच

आइतबार, माघ १४, २०८०

काठमाडौं– अभिनेत्री तथा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य रहेकी रेखा थापा अध्यक्ष राजेन्द्र लिङ्देनसँग रिसाएकी छन् । थापा अमेरिका गएको विषयप्रति लिङ्देनले गरेको पछिल्लो प्रतीकात्मक टिप्पणीले यस्तो अवस्था ल्याएको हो । 

गर्भवती थापा अमेरिकामा छिन् । उनले बेबी सावरदेखि गरेका अनेक गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन् ।

थापाले सन्तानको भविष्य सुनिश्चित गर्न, उतैको नागरिक बन्नेगरी जन्म दिनका लागि अमेरिका पुगेको भन्ने प्रतीकात्मक टिप्पणी लिङ्देनले गरेका थिए। 

यहि विषयलाई लिएर थापा रिसाउँदै सामाजिक सञ्जालमा सांकेतिक विरोधमा उत्रिधएकी थिइन्। उनले लखेकी थिइन्,‘देशको माया हुनेले आफ्नो सन्तानलाई अमेरिका किन पठाएको? फिर्ता बोलाए हुन्थ्यो नि।’

अध्यक्ष लिङ्देनकी छोरी पनि अध्ययनका लागि अमेरिकामा छिन् । लिङ्देनले थापाप्रति संकेत गर्दै देशको माया मर्न थाल्नुको कारण पहिल्याउन आवश्यक रहेको बताएका थिए । 

अभिनेत्री थापाले राप्रपालाई जानकारी नगराईकन अमेरिका पुगेको बताइन्छ । तर रोचक कुरा के छ भने थापा अध्यक्ष लिङ्देनको प्यानलमा नै राप्रपा महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिइन् । 

तर उनी पराजित भएकी थिइन्। महाधिवेशनका बेला लिङ्देनको पक्षमा रहेकी उनी अहिले घोचपेचमा सक्रिय छिन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्