Nic Ad Nic Ad
Nic Ad Nic Ad
मधेश प्रदेश बन्द आह्वान

बिहीबार मधेश बन्द सफल पार्न आम जनता पार्टीद्वारा मसाल जुलुस प्रर्दशन

बुधबार, माघ १०, २०८०

जनकपुरधाम– आम जनता पार्टीले बिहीबार (भोलि) आह्वान गरिएको मधेश प्रदेश बन्द सफल पार्न प्रभु साह नेतृत्वमा मसाल जुलुस प्रर्दशन गरेको छ ।

भोलि हुने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन् ।

बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि माघ माग ११ गते मधेश बन्दको आह्वान गरेको हो ।

अध्यक्ष साहले जनकपुरको दुई स्थानमा आज साँझ मसाल जुलुस प्रर्दशन गरेको बताए । त्यसैगरी, रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्