रुसी सेनामा नेपाली

रूसी सेनामा कार्यरत रसुवाका एक युवकको निधन

सोमबार, माघ ८, २०८०

काठमाडौं- रूसी सेनामा रहेको थप एकजना नेपालीको मृत्यु भएको छ ।

रुस–युक्रेन युद्धमा युक्रेनी सेनाको आक्रमणमा परेर रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको मृत्यु भएको हो ।

मोक्तान पूर्व नेपाली सेनासमेत थिए । उनी गत भदौमा रुसी सेनामा भर्ती भएका थिए । तीन दिन अघि मात्रै उनको युद्वमा परेर मृत्यु भएको बताइएको छ ।

उनको घरमा श्रीमती, आमा, एक छोरा र एक छोरी छन् । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्