लमजुङको दोर्दीमा जिप दुर्घटना, तीन जना घाइते

आइतबार, माघ ७, २०८०

लमजुङ– लमजुङको दोर्दी गाउँपालिका– ४, नौथर सेराबाट कामचोक जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

आइतबार साँझ पौने ६ बजे दोर्दी गाउँपालिका– ४, नौथर सेराबाट कामचोक जाँदै गरेको ग१ज ७५६१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार  दुर्घटनामा परेर दोर्दी गाउँपालिका–४, बाँसबोटका ५० वर्षीय पूर्णबहादुर तामाङ गम्भीर घाइते भएका छन् । वडा नम्बर ४ कै कामचोक गाउँका ५३ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनीमाया तामाङ पनि घाइते भएका छन् । घाइतेमध्ये एको अवस्था गम्भीर छ । 

दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले कामचोक गाउँ नपुग्दै चौतारोमुनि जिप दुर्घटना भएको बताए । उनका अनुसार घाइतेको उद्धार गरी उपचारका लागि बेँशीसहर ल्याइएको छ । 

जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्