भारतबाट रूसका लागि उडेकाे विमान अफगानिस्तानमा दुर्घटना

आइतबार, माघ ७, २०८०

अफगानिस्तानको बदख्सान खान क्षेत्रमा आइतबार एउटा विमान दुर्घटना भएको छ ।

रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।

अफगान मिडियाले उक्त विमान भारतीय भएको दाबी गरेको छ । तर अहिलेसम्म भारतले आफ्नो कुनै पनि विमान बेपत्ता नभएको पुष्टि गरेको छ ।

बीबीसीसँग कुरा गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘हामीले मिडियामा पनि रिपोर्टहरू हेरेका छौं। हामीसँग अहिले कुनै पुष्टि भएको जानकारी छैन, हामी थप जानकारी सङ्कलन गरिरहेका छौं।’

भारतीय समाचार एजेन्सी एएनआईले डीजीसीए अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनामा परेको विमान भारतीय नभएको बताएको छ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्