खुलामञ्चलाई खुल्लै रहन दिऊॅ : बाबुराम भट्टराई

शुक्रबार, माघ ५, २०८०

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुलै रहनदिन आग्रह गरेका छन् । खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेका हुन् ।

‘पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो, मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मन्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ१ ’ उनले भनेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउन आग्रह गरेका छन् ।

उनले जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुल्न आग्रह गरेका छन् ।

‘हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन’ उनले भनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्