Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेका ससुराको हलमा बालेनका प्रहरी किन पुगेछन्?

बुधबार, माघ ३, २०८०

काठमाडौं– महानगरपालिकामा कर नतिरेपछि गोपीकृष्ण मुभिजमा महानगर प्रहरीको टोली पुगेको छ। 

बक्यौदा रहेको झन्डै ३० लाख रुपैंया कर रकम तिर्न ताकेता गर्दै महानगर प्रहरीको तीन गाडी त्यहाँ पुगेको हो। 

उक्त हल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका ससुरा उद्धव पौडेलको हो। उक्त हलको सबै जिम्मेवारी लामिछानेपत्नी निकिता र उनका भाई निरकले हेर्दै आएका छन्। 

हलले अहिलेसम्म २२ लाख मात्र सम्पत्ति, बाहल कर तिरेका छन् भने ३० लाख बुझाउन बाँकी रहेको महानगरका प्रतिनिधिले बताएका छन्। 

महानगर प्रमुख बालेन्द्र साह (बालेन)को निर्देशनका आधारमा प्रहरी टोली अधिकृतसहित पुगेको थियो। 
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्