बीपी प्रतिष्ठानमा विवाद

बीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

मंगलबार, माघ २, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्रीले आज प्रतिष्ठान कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका हुन् । उनले संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिनसमेत निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ड अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । छलफलपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । 

आजै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गरेका थिए ।

कायममुकायम उपकुलपति अर्यालले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, कर्मचारी र चिकित्सकको माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको, आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सबै अधिकार फिर्ता लिएको, आफू अनुकुलको व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको मेयर साम्पाङले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्